चलचित्र विकास बोर्डमा निकिताको पुर्नबहाली - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चलचित्र विकास बोर्डमा निकिताको पुर्नबहाली



चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली हुने भएको छ।

सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म लागू नगर्न अन्तरिम आदेश दिएकोले बोर्डमा उनको पुर्नबहाली हुने पक्का भएको हो।

मुद्दाको पेशी साउन १५ गतेलाई तोकिएको छ।

यसअघि वर्तमान सरकारले देउवा सरकारको पालामा भएका नियुक्ति बदर गर्ने निर्णय गरेपछि उनी पदमुक्ति भएकी थिइन्।

उनी गत मंसिरमा बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन्।

उनले आफू प्रक्रिया पुर्‍याएर नै  बोर्डको अध्यक्षमा नियुक्त भएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा उजुरी दिएकी थिइन्।

विकास बोर्डले आजदेखि बक्स अफिस लागू गर्ने भएको छ।