कोरोनाबारे सचेत गराउन हिँडेका वडाअध्यक्षलाई खुट्टा भाँचेर फालेपछि... - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

कोरोनाबारे सचेत गराउन हिँडेका वडाअध्यक्षलाई खुट्टा भाँचेर फालेपछि…



जाजरकोट- छेडागाड नगरपालिका-११ का वडाअध्यक्ष चक्रबहादुर सिंहलाई अज्ञात समुहले आक्रमण गरेर मरणासन्न बनाएका छन् ।

वडाअध्यक्ष सिंहमाथि गएराति सांघातिक आक्रमण भएको बताइएको छ ।शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँमा प्रचार गदै हिँडेको समयमा आक्रमण भएको जनाइएको छ ।

झार्पा पिपल बोटनजिकैबाट अपरिचित व्यक्तिको समूहले वडा कार्यालय तिर जाऊँ भनी लगेर कुटपिट गरी मराणासन्‍न बनाएर फालेको खुलेको छ।

गएराति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमिनमा छाडेर हिँडेको अवस्था भेटिएको बताइएको छ । अहिले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।