आफ्नै प्रेमिको चक्कु प्रहार गरी कुवेतमा हत्या - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

आफ्नै प्रेमिको चक्कु प्रहार गरी कुवेतमा हत्या



वसन्त थापा –कुवेतको मंगाफमा स्थित एक नेपाली महिलाद्वारा आफ्नै प्रेमिको चक्कु प्रहार गरी हत्या भएको छ।

रोजगारीकै सिलसिलामा कुवेत आएका तनहुँका खेम बि. क.को मे १ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रूप लिँदा प्रेमिकाले चलाएको चक्कु लागेर ज्यान गएको हो।

विगत चार वर्ष देखी प्रेमिका माया गुरुङ अवैधानिक रूपमा खेमसङ बसोबास गर्दै आएकी र मृतक खेम हालै मात्र कम्पनी परिवर्तन गरी वैधानिक रूपमा नयॉ कम्पनीमा कार्यरत रहेको बुझिएको छ।साथै घटना घटेको भवनमा अन्य केही अवैधानिक नेपालीहरू पनि रहेको तथा त्यस भवनका अन्य अपार्टमेन्टमा समेत कुवेत प्रहरीले छापा मारी अन्य अवैधानिक नेपाली कामदारहरूलाई पनि पक्राउ गरिएको प्रतक्षदर्शिहरुले बताएका छन्।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रेमिका गुरुङलाई कुवेत पुलिसले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने मृतकको लासलाई पनि परीक्षणका लागि सम्बन्धित निकायले नियन्त्रणमा लिएको छ ।

नेपाली दूतावासका दितिय सचिव ज्ञान बहादुर मगरले घटना बारे आधिकारिक निकायबाट जानकारी लिएर उचित छानबिन सहित पीडितलाई कानुनी प्रक्रिया अनुसार न्याय दिलाउन आफूहरू लागिपर्ने  बताए ।