छाडा चौपाया व्यवस्थापनका लागि जुट्यो घोडाघोडी नगरपालिका - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

छाडा चौपाया व्यवस्थापनका लागि जुट्यो घोडाघोडी नगरपालिका



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाहरुको व्यवस्थापनको काम सुरु गरेको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर ८ को सिस्नेघारी भन्ने ठाँउमा राखिएको छाडा पशु चौपायालाई खानाको लागि आहार र पिउनको लागि पानीको उचित ब्यवस्था नहुदा धमाधम मृत्यु भएपछि तत्कालका लागी नगरपालिकाले उचित बासस्थान , आहारा ,पानी लगाएतको सामानहरुको ब्यवस्थापन गरेको हो ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले छाडा पशु चौपायाका लागि दाना , पराल तथा अन्य आहाराको ब्यवस्थापन भइसकेको बताए । चौधरीले कैलाली , कञ्चनपुर लगायत अन्य ठाउँमा पनि छाडा पशु चौपायाको समस्या भएको हुँदा मुख्य मन्त्री तथा अन्य जनप्रतिनिधिहरु संग छलफल गरि दीर्घकालीन ब्यवस्थापनको लाग्नु पर्ने बताए । उनले भने , अहिले यहाँ भएका चौपायाहरुलाई बचाउन तत्कालको लागि दाना ,पानी पराल र औषधिको ब्यवस्थापन गरिएको छ , सबै स्थानीय तहको समस्या भएकोले दीर्घकालीनका लागि कैलाली तथा कंचनपुरका विभिन्न ठाउँमा ब्यवस्थापन गर्नु पर्छ ।’

नगर प्रमुख चौधरीले सामुदायिक बनले छाडा पशु ब्यवस्थापनको लागि ठाउँ नदिएपछि आफुहरुले टाढा राष्ट्रिय बनमा लगेर राख्दा उचित ब्यवस्थापन गर्न नसकिएपछी चौपायाहरु मरेको बताए । उनले भने , अब पहिलेको ठाउँ भन्दा नजिकै पानी र आहारा पुर्‍याउन सकिने ठाउँमा ब्यवस्थापन गर्नको लागि काम सुरु भइसकेको छ ।’ सबै चार ठाउँमा राखिएको चौपायाहरु लाई एकै ठाउँमा राखी व्यवस्थापन गर्ने समेत नगर प्रमुख चौधरीले बताए ।

यस्तै घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा छाडा पशुचौपाया ब्यवस्थापन समितीका सदस्य भिम बोगटिले पशु चौपायालाई खुवाउनको लागि शनिबार करिब १८ क्विन्टल बन्दा गोबि , पराल तथा दानाहरु सिस्नेघारीमा पुर्‍याइएको जानकारी दिए । साथै स्नेहाज केयर ललितपुरका कार्यकारी निर्देशक कपिल काफ्लेले आफुहरु सिस्नेघारी गोठमा पुग्दा जनावरहरुको त्यो अवस्था देख्दा आफू स्तब्ध भएको बताए । काफ्लेले पशु चौपायाका लागि आफू र आफ्नो टिमले खाना तथा औषधि उपचारको ब्यवस्था गरेपछि अहिले चौपायामा केही सुधार आएको हिमाल पोस्टलाई बताए ।

घोडाघोडी नगरपालिकाले गत साउन महिनामा वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमको संयोजकत्वमा
छाडा पशु चौपाया ब्यवस्थापनका लागि समिती गठन गरि
मासिक १२ हजार तलब दिने भन्दै ५ जना गोठालाहरु राखेपनी उनिहरुलाइ चाहिने पानी र आहाराको ब्यवस्थापन हुन नसक्दा चौपायाहरु धमाधम मरिरहेको थिए ।

छाडा पशु चौपायाका लागि सहयोग

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा आइतबार नगरपालिकाको कार्यालयमा बसेको बैठकले छाडा पशु व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको छ ।

घोडाघोडी नगरपालिका -८ को सिस्नेघारीमा रहेका छाडा पशु चौपायालाइ ब्यवस्थापन गर्नको लागि विभिन्न संस्थाहरुले दाना ,औषधि ,खानेपानी लगाएतका सहयोग गर्ने भनेपछि उक्त निर्णय गरिएको हो ।

निर्णय अनुसार घोडाघोडी नगरपालिकाले जमिन ,पुर्वाधार निर्माण ,तार जाली तथा चौपाया हेरालुहरुको सेवा सुविधा उपलब्ध गराउने भएको छ भने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले पशु आहाराको लागि दाना तथा औषधिको ब्यवस्थापनका साथै अनुगमनमा पनि सहयोग गर्ने भएको छ ।

त्यस्तै स्नेहा केन्द्र ललितपुर, नेपालले पनि पशु गोठ , ट्रस्ट निर्माण , पानीको लागि पुर्वाधार निर्माण तथा पशु चौपायाको उपचार र औषधिको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

छलफलमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका बरिस्ठ पशु चिकित्सक पानसिंह ठगुन्ना , स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्ले , एनिमल नेपालका कार्यकारी निर्देशक हरि जोशी , भेटनरी अस्पताल कंचनपुरका मोहन बहादुर चन्द , घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहरा , घोडाघोडी नगरपालिका -८ का वडाध्यक्ष भिम बोगटी लगाएतको सहभागिता रहेको थियो ।