स्थानीयले भत्काए 'ज्यानमारा' छाउगोठ  - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

स्थानीयले भत्काए ‘ज्यानमारा’ छाउगोठ 



काठमाडौँ । बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो ।

‘मृतकको परिवारकै सदस्य रहेका वडाध्यक्ष खड्क बोहोरा र गाउँका महिलाहरुले शुक्रबार गोठ भत्काए,’ स्थानीय रिउली बोहरालाई भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे ।’

गाउँको अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन् । घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन् । ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन्,’ उनले भनिन् अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ?’

देउती रिसाउछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन् । रिउलीले अबदेखि आफू भने जसले जे भने पनि गोठमा नजाने र घरमै बस्ने बताइन् ।

बाँकी गोठ पनि भत्काउपर्छ । अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यलाई बुझ्दैनन्,’ उनले भनिन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।