पर्यटन बोर्डका सीईओ रेग्मीले जिते सरकारविरुद्धको मुद्दा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

पर्यटन बोर्डका सीईओ रेग्मीले जिते सरकारविरुद्धको मुद्दा



काठमाडौं- सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै अन्तरिम आदेश’ छलफल गर्न ३ माघमा दुवै पक्षलाई बोलाइएको छ ।

२ पुसमा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित गर्दै उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । विदेशबाट फर्कने क्रममा आफूले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले जाँच गर्न खोज्दा रेग्मीले हातपात गरेको भन्दै उनी विवादमा आएका थिए ।