केन्द्रीय कारागारमा ठुलो संख्यामा भेटिए संक्रमित
काठमाडौं- देशकै सबैभन्दा ठूलो केन्द्रीय कारागारभित्र कोरोना संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ ।
त्यहाँ रहेका ५० जना कैदीबन्दी र ५६ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भैसकेको छ । एकजना कर्मचारीमा समेत संक्रमण देखिएको छ ।
सुरक्षामै खटिएका ठुलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि अवस्था थप चिन्ताजनक देखिएको छ ।
त्यो भन्दा बढी जोखिम त के छ भने कारागारमा रहेका २ सयभन्दा बढी कैदीबन्दी दिर्घरोगी छन् जसमा प्यारालाइसिस, मृगौला, मुटुलगायतको समस्या छ।
कारागारका जेलरले आइतबार मात्र ३५ जना कैदीबन्दी र २५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको बताए ।
कारागारमा कैदी अस्पताल पनि छ जहाँ विरामी भएका कैदीबन्दीलाई ल्याएर उपचार गरिन्छ।
यो कारागारमा ३२ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ ।