सेलीब्रेटी बन्दै युवा निर्देशक सरोज केसी - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

सेलीब्रेटी बन्दै युवा निर्देशक सरोज केसी



ओम प्रकाश बानियाँ

चलचित्र सँगै निर्देशनमा व्यस्त युवा निर्देशक सरोज केसी पछिल्लो समय झन् व्यस्त हुन् थालेका छन् ।

एकबेला बिबिसी लण्डनबाट प्रसारित नेपाली सेवाको चर्चित रेडियो नाट्क कथा मिठो सारङीको नाट्य सिरिजमा सक्रिय तन्नेरी कलाकार सरोज केःसी यसबेला पूर्वमा व्यस्त छन् ।

सरोजले यति बेला होटेल, पर्यटन तथा प्याराग्लाईडिङ व्यवसायमा पनि आफूलाई सक्रिय बनाइरहेका छन् । उनले होटेल धरान स्काई एण्ड एडभेन्चर प्याराग्लाईडिङ सञ्चालनमा ल्याएका छन् ।

चलचित्र मिराजका लेखक तथा मुख्य सहयाक निर्देशक समेत रहेका सरोजले चलचित्र क्षेत्रमा सम्भावना भए पनि पर्यटन व्यवसायमा रुचिका कारण होटेल तथा प्याराग्लाईडिङ पेसा सुरु गरेको बताउँछन् ।

१८ वटा टेलिभिजन कम्मरसियल एड गरिसकेका सरोजले २५ वटा भन्दा माथि अफिसियल सर्ट मुभी गरिसकेको अनुभव संगाली सकेका छन् । ४ वटा म्युजिक भिडियो र फोटो सुटमा व्यस्त केसी यति बेला नयाँ चलचित्रको सुटिङको लागि तयारीमा छन् ।

सरोजले नेपालका चर्चित मोडल दिनेश कोइराला, चर्चित गायिका मेलिना राई, गायक असीम तामाङ, सञ्जय चौंधरी, करण राज कार्की, इथोस ब्यान्डको र्याप गीत जस्ता नेपालका दिगज व्यक्तिलाई लिएर काम गरिसकेका छन् ।

नेपालका चर्चित निर्देशकहरूसँगको घनिष्टा भएको कारण निर्देशनमा भने आफूलाई सहज भएको, उनको भनाई छ ।

सम्भावना र अवसर देखेर पूर्वमा नै बसेर चलचित्रको काम गरिरहेको बताउने सरोजले भविष्यमा भने विदेशमा गएर फिल्म मेकिङ पढेर काठमाडौँमा स्थापित हुन् सोच रहेको बताए ।

उनी भविष्यमा काठमाण्डौंमा क्याफे सञ्चालन होटेल तथा रेस्टुरेन्ट व्यवसायमा साथै समाजसेवामा पनि आफूलाई सक्रिय पारिरहने समेत बताए ।