प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलको प्रदर्शन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलको प्रदर्शन



दोलखा – घुस काण्डपछि विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलले प्रदर्शन गरेको छ।

मुद्धाका प्रतिवादीसँग कार्यकक्षमै सवा लाख घुस मागेर विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालविरुद्ध चरिकोटमा तरुण दलले प्रदर्शन गरेका हुन्।

दुई ओटा छुट्टाछुट्टै मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गर्दा प्रजिअ रिजालले प्रतिवादीका परिवारबाट सवा लाख रुपैयाँ लिएको घटना सार्वजनिक भएपछि शुक्रबार तरुण दलले चरिकोटमा प्रदर्शन गरेको हो।

काङ्ग्रेसको जिल्ला कार्यालयबाट निस्केको जुलुस बजारका विभिन्न भागको परिक्रमा गर्दै सातदोबाटो चोकमा कोण सभामा परिणत भएको थियो।

जुलुसका सहभागीले सिडियो लामिछाने विरुद्ध चर्का नारा लगाएका थिए। कोण सभामा तरुण दलका जिल्ला अध्यक्ष दावासाङ्गे शेर्पाले घुस प्रकरणमा मुछिएका सिडियो तत्काल जिल्ला छाडेर जान चेतावनी दिए। उनले सिडियाेलाई कार्बाही गर्न सरकारसँग माग गरे।