अब सीडीओ बन्नका लागि नयाँ मापदण्ड - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब सीडीओ बन्नका लागि नयाँ मापदण्ड



काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्नका लागि कानुनमा स्नातक (एलएलबी) तथा तीन महिने तालिम अनिवार्य गरिने बताएका छन्।

सोमबार गृह प्रसाशन सुधार कार्ययोजना, २०७८ सार्वजनिक गर्दै मन्त्री खाणले उक्त कुरा बताएका हुन्। अदालतले समेत एलएलबी तथा तालिम लिएको हुनुपर्ने भन्ने आदेश गरेकाले उक्त आदेशको अनिवार्य कार्यान्वयन गर्न लागिएको मन्त्री खाणले बताए।

त्यसका लाति कानुनमा स्नातक नगर्नेहरुको अहिले तालिमसमेत सञ्चालन भइरहेको उनले बताए। ‘जिल्ला प्रसाशन कार्यालय भनेको अर्धन्यायिक निकाय हो। सीडीओले कतिपय मुद्दाहरुको निर्णयसमेत गर्नुपर्ने हुन्छ। त्यसका लागि कानुनको सामान्य जानकार त हुनुपर्‍यो। त्यो भएर तीन महिने तालिम तथा कानुनमा स्नातक अनिवार्य गर्न लागिएको हो,’ उनले भने।