उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुनसक्ने - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुनसक्ने



काठमाडौं। कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ। नियन्त्रणको उपाय अपनाउने बारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको हो।

आज दिउँसो बस्ने बैठकमा जोखिम न्यूनीकरणबारे छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

पछिल्ला केही दिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ। काठमाडौं उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। शनिबार काठमाडौंमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै फेरि लकडाउन गरे एक वर्षअघि खुलेको विद्यालय पुनः बन्द हुने त्रास बढेको छ। भर्खरै फस्टाउन थालेको पर्यटन व्यवसायमा पनि अन्योलता छाएको छ।

भारतमा शनिबार मात्र १,४१,९८६ जनामा कोरोना देखिएको छ। छिमेकमा भयावह रूपमा बढिरहेको संक्रमणको असर नेपालमा पनि देखिन थालेको छ। एक सातादेखि संक्रमितको सङ्ख्या दैनिक उकालो लागिरहेको छ। अस्पतालहरूमा संक्रमितको चाप बढ्न थालेको छ। खास गरी पश्चिमी नाका भएर भित्रिनेमा संक्रमणदर धेरै देखिएको छ।