जिप्रका काठमाडौंको आदेश: भौतिक उपस्थितिमा पठनपाठन नगर्नु (आदेशसहित) - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

जिप्रका काठमाडौंको आदेश: भौतिक उपस्थितिमा पठनपाठन नगर्नु (आदेशसहित)



काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेको हो ।

प्रशासनले स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने उल्लेख गरेको छ ।

विभिन्न स्कूल र क्याम्पसहरूले भौतिक रूपमै कक्षा संचालन गर्ने तयारी गरिरहेका बेला प्रशासनले यस्तो आदेश जारी गरेको हो ।