सीसीएमसी बैठक जारी: प्रधानमन्त्रीले लिए नेतृत्व - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

सीसीएमसी बैठक जारी: प्रधानमन्त्रीले लिए नेतृत्व



काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको छ।

सधै सीसीएमसीको बैठक इश्वर पोखरेलले गर्ने गरेका थिए भने आज प्रधानमन्त्री स्वयंले गरेका छन् । कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा थप रणनीति बनाउन र व्यवस्थापन मिलाउन बैठक बसिरहेको हो।

बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय हुन सक्ने बुझिएको छ।

यसअघि मंगलबार सीसीएमसीको अनौपचारिक बैठकमा देशभर आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थल बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

मन्त्रीहरुले पछिल्लो समय बढ्दै गएको संक्रमणको अवस्थालाई ध्यानमा राखेर थप कदम चाल्नुपर्ने देखिएको धारणा राखेका थिए।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थानीय प्रशासनलाई नै आवश्यक व्यवस्था गर्न दिने निर्णय गरिसकेको छ।

उक्त निर्णयसँगै देशका विभिन्न जिल्लामा पूर्ण र आशिंक रुपमा निषेधाज्ञा जारी भइरहेका छन्।