सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
अमरगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन्। विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन्।