लडाकु शिविरको भ्रस्टाचार अब कानुनी प्रक्रियामा, अफ्ठ्यारोमा प्रचण्ड - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

लडाकु शिविरको भ्रस्टाचार अब कानुनी प्रक्रियामा, अफ्ठ्यारोमा प्रचण्ड



काठमाडौँ- बहुचर्चित लडाकु शिविरमा भएको ठुलो भ्रस्टाचारबारे आजाव बुलन्द हुने भएको छ । तत्कालिन समयमा क्यान्टोनमेन्टमा भएको भनिएको ठुलो भ्रष्टाचारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको नाम जोडिंदै आएको छ।

पूर्व बाल लडाकुसमेत रहेका लेनिन बिष्टले विषयमा छानबीन गर्न कानुनी प्रक्रियामा जाने बताएका छन् । पूर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्टले प्रमाण जुटाएर कानुनी प्रक्रिया सुरु गर्ने घोषणा गरेका हुन् ।

यो सँगै जनमुक्ति सेनाकाको प्रतिष्ठानका नाममा समेत रकम दुरुपयोग भएको सुन्नमा आएको भन्दै बिष्टले त्यसको पनि खोजबिन अगाडि बढाउने जानकारी दिएका छन् ।

तत्कालीन सरकार र माओवादी बिद्रोहीबिच भएको सम्झौता बमोजिम तत्कालीन माओवादीका लडाकुहरुलाई सात मुख्य र २८ सहायक शिविरमा राखिएको थियो ।

माओवादी लडाकुहरुलाई शिविरमा राख्दा राज्यले प्रदान गरेको भरणपोषण र तलब भत्ताको रकममा तत्कालीन माओवादी नेता र कमान्डरहरुले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

माओवादीकै कतिपय नेताहरूले समेत यसमा अध्यक्ष प्रचण्डलगायतका नेताहरूको संलग्नता रहेको र यसको हिसाव खोजिने बताउँदै आएका छन् । बिष्टको यो प्रयासले प्रचण्डसमेतका केहि नेताहरूलाई अफ्ट्यारो पर्ने देखिएको छ ।