दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगी बढ्य - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगी बढ्य



वार्षिक ४० हजार रोगी थपिँदै

हिमाल पोष्ट / २२ माघ, काठमाडौं । दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक दैनिक बढिरहे पनि क्यान्सर रोग लागेर अस्पताल आउने बिरामी भने घट्न सकेका छैनन्।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा क्यान्सर रोगका कारण वार्षिक १५ हजारको मृत्यु भइरहेको जानकारी दिँदै वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेको बताए।  नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेका छन्।  त्यस्तै महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर र स्तन क्यान्सर दोस्रो नम्बरमा आउने गरेको छ। अाजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

नेसनल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाँटीको क्यान्सर अस्वाभाविक ढङ्गले बढ्दैगएको जानकारी दिँदै समयमै क्यान्सर रोगको उपचार हुनसके पूर्णरूपमा निको हुने बताए।   विकसित देशको तुलनामा नेपालमा  क्यान्सर रोगका बिरामी बढिरहेको भन्दै उहाँले अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व भएको बताए ।