क्यान्सर पीडित आर्यान बचाउन कैलालीका युवा काठमाडौँमा - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

क्यान्सर पीडित आर्यान बचाउन कैलालीका युवा काठमाडौँमा



हिमाल पोस्ट / काठमाडौँ ।

कैलालीको लम्की चुहा नगरपालिकामा पढ्दै गरेका तीन युवाले क्यान्सर पीडित ५ वर्षीय आर्यन माझी बचाउने अभियान बोकेर काठमाडौँ पुगेका छन् ।

आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार गर्न निकै गाह्रो अवस्थामा भएका मोहन्याल गाउँपालिका वडा नं ७ बस्ने माझीलाई आन्द्रामा क्यान्सर पत्ता लागे पछि काठमाडौँको बालकान्ती अस्पतालमा उपचारत छन् भने उनलाई बचाउन उनकी आमाले सबै सङ्ग सहयोग माग्दै हिँडेकी छिन । त्यही क्रममा लम्कीका सामाजिक अभियन्ता जनक सुनार, उदय भाट र भुवन तिमिल्सिनाले आर्यन माझी बचाउ अभियानबाट लम्की मै संकलित रकम लिएर गत शुक्रवार काठमाडौँ पुगेका हुन ।

उनीहरू होलीको अवसरमा चाडपर्व, क्याम्पस केही नभनी मात्र आर्यन माझीलाई सहयोग गर्न भनी काठमाडौँ गएका हुन । माझीलाई आइतबार आफूले सङ्कलन गरेको रकम सहयोग गर्ने कार्यक्रम रहेको यस अभियान कै अभियन्ता जनक सुनारले बताए ।

“क्यान्सर पीडित माझीलाई शुक्रवार उनी उपचार गर्दै गरेको अस्पतालमा गएर भेट्यौ अवस्था चिन्ताजनक रहेछ, त्यसैले उनलाई आइतबार नै हामीले सङ्कलन गरेको रु २५ हजार रकम दिन्छौँ” सुनारले भने, “एक अर्का अभियन्ताले पनि माझीकै लागि काठमाडौँमा अभियान चलाउनु भएको रहेछ । उहाँले पनि सोही दिन सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।”