प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा डाकेको मन्त्रिपरिषद्को बैठकले सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । आजको बैठकमा ओलीले यसबारे छलफल गरेको एक मन्त्रीले बताए ।

यस्तै आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।