क्यालिफोर्नियाको आराधनास्थलमा अन्धाधुन्ध गोली प्रहार - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

क्यालिफोर्नियाको आराधनास्थलमा अन्धाधुन्ध गोली प्रहार



अमेरिकाको क्यालिफोर्नियामा रहेको (सिनेगग) यहुदी आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् ।

सान डियागोको उत्तर तिर रहेको पोवे स्थित यहुदीहरुको आराधनास्थलामा अन्धाधुन्गोली गोली प्रहार भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १९ वर्षका युवालाई पक्राउ गरेको छ । ज्यान गुमाउनेमा एक महिला रहेकी पनि प्रहरीले स्पष्ट पारेको छ ।

आराधनास्थलमा पासओभर सेलिब्रेसन भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । प्रहरीले आक्रमणको कारण थाहा नभएको जनाएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा हेट क्राइम अर्थात घृणाका कारण उब्जिकएको अपराध भनेका छन् ।

६ महिनाअघि पिटर्सबर्गमा रहेको सिनेगगमा अन्धाधुन्ध गोली प्रहार गरि बन्दुकधारीले ११ जनाको हत्या गरेका थिए ।