मन्त्रिपरिषद् बैठक सुरु: अर्थमन्त्री खतिवडाबारे निर्णय हुनसक्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मन्त्रिपरिषद् बैठक सुरु: अर्थमन्त्री खतिवडाबारे निर्णय हुनसक्ने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो ।

नियमित रूपमा डाकिएको बैठकमा सरकारका काम कर्तव्यबारे छलफल हुने बताइएको छ । तर, मन्त्रीपरिषद परिवर्तन हुने हल्लाबिच बसेको बैठकलाई चासोको रूपमा हेरिएको छ ।

बैठकमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र सरकारले गरेका काम कारबाहीका विषयमा समेत छलफल हुने बताइएको छ।

राष्ट्रियसभामा रिक्त रहेको एक पदका लागि मनोनित गर्ने विषयमा छलफल हुने बुझिएको छ।

भदौ २० गतेसम्ममा अर्थमन्त्री डा. युवराज खतिवडालाई संघीय संसद्को सदस्य नबनाइएमा संवैधानिक प्रावधानका कारण उनी स्वतः अर्थमन्त्रीबाट मुक्त हुने भएकाले आइतबारको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ।