शितल निवासमा सपथको तयारी हुँदै: मन्त्रिपरिषद बैठक सारियो - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

शितल निवासमा सपथको तयारी हुँदै: मन्त्रिपरिषद बैठक सारियो



काठमाडौं- आज बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक आठ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।

मन्त्रीहरुको नाम फाइनल भैसकेको र सपथ पनि तत्कालै राखिएकोले मन्त्रिपरिषद बैठक दुई घन्टा सारिएको बालुवाटार स्रोतले बताएको छ ।

पूर्व माओवादीतर्फका टोपवहादुर रायमाझी, मणि थापा, दावा लामा लगायत केही नेता मन्त्रीमा थपिएका छन् भने दाहाल नेपाल समुहमा रहेका केही नेतालाई आफ्नो समुहमा ल्याएर मन्त्री बनाउने प्रधानमन्त्री ओलीको योजना रहेको छ ।

नयाँमन्त्रीको सपथ आजै साँझ ७ बजे हुने जानकारी राष्ट्रपति कार्यालय शितलनिवासलाई गराईसकेको छ भने शितल निवासमा सपथग्रहणको तयारी हुँदैछ ।