बालुवाटारमा मन्त्रिपरिषद् बैठकको तयारी - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठकको तयारी



काठमाडौं- मन्त्रिपरिषद् बैठकका लागि बालुवाटारमा तयारी सुरू भएको छ । बैठककै लागि मन्त्रीहरु पनि प्रधानमन्त्री निवास पुगेका छन्।

संसद्‍मा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री ओलीले यसअघि नै साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

संसद् बैठक लम्बिएपछि ६ बजेका लागि सारिएको थियो। निर्धारित समयमै मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेको एक मन्त्रीले बताए। मन्त्रिपरिषद् बैठकको अजेण्डाबारे जानकारी नभएको ती मन्त्रीले बताए।

आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ। प्रस्तावमाथि भएको मतदानमा ओलीले जम्मा ९३ मत पाए। प्रस्तावको विपक्षमा १२४ मत परेको थियो।