आकस्मिक मन्त्रिपरिषद् बैठक जारी: के हुँदैछ छलफल ?
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको बताइएको छ । आज बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले केहि नयाँ कदम चाल्ने आशंका गरिएको छ ।
संसदबाट विश्वासको मत नपाउने अवस्था रहेकाले शनिबारको बैठकमा ओलीले संसद विघटन गर्ने या वैशाख २७ गते निर्धारित संसद अधिवेशन पर धकल्ने केहि कसम छालने आशंका गरिएको छ ।
आकस्मिक रूपमा बैठक बोलाईएको र संसदबाट विश्वासको मत नपाउने पक्का भएकाले बैठकलाई अर्थपूर्ण मानिएको छ ।