बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं- सरकारले संघीय संसदको वजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ का लागि अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार २७ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरिएको छ । प्रधानमन्त्री ओलीले सोही दिन संसदमा विश्वासको मत लिन प्रस्ताव गर्ने पनि मन्त्रिपरिषदमा जानकारी गराएका छन् ।