मन्त्रिपरिषद् बैठकमा देउवाले भने: यो हाम्रो अन्तिम बैठक पनि हुनसक्छ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मन्त्रिपरिषद् बैठकमा देउवाले भने: यो हाम्रो अन्तिम बैठक पनि हुनसक्छ



काठमाडौँ- प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूनै आश्चर्यमा पर्नेगरी यो अब्तिम बैठक पनि हुनसक्ने बताएका छन् ।

बैठकमा सहभागी एक मन्त्रीले बिहीबारको मन्त्रिपरिषद्को बैठकमा देउवा पहिले भन्दा फरक तरिकाले प्रस्तुत भएको हिमालपोस्टलाई बताए । बैठकमा एमसीसीको बिषयमा पनि केहि छलफल भएको उनले बताए ।

‘माओवादी र एकीकृत समाजवादीका साथीहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा हुन नसक्ने भन्दै सरकारबाट बाहिरिने भन्नुभएको यहाँहरूलाई अवगत नै छ, यदि वातावरण बनेन भने यो क्याविनेटका केहि साथीहरूसँग हाम्रो अन्तिम भेट हुनसक्छ । यदि त्यस्तो भयो भने अहिलेसम्म सहयोग गरेका साथिहरूलाई धन्यवाद भन्छु ।’ देउवाको भनाई उद्घृत गर्दै ति मन्त्रीले हिमालपोष्टलाई बताए ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री देउवाले आजको बैठक केहि मन्त्रीहरूको लागि अन्तिम पनि हुनसक्ने भएकाले धन्यवाद समेत दिएका थिए । देउवाले केहि साथीहरू अर्को मन्त्रिपरिषद् बैठकमा उपस्थित हुन नसक्ने सम्भावना भएकाले अहिलेसम्मको सहयोगका लागि धन्यवाद दिएका थिए ।

पाँच दलीय गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीका कारण टुट्ने चर्चाबीच देउवाले गठबन्धनको बैठक अगाडी बसेको मन्त्रिपरिषद्को बैठकमा यस्तो बताएका हुन् ।

गठबन्धनमा रहेका केहि दलले एमसीसी सम्झौताको विपक्षमा रहेकाले सरकार छाड्ने बताएका थिए । देउवाले जसरी पनि एमसीसी पारित गराउन दवाव दिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिने बताएका थिए ।