मन्त्रिपरिषद्‌को निर्णय: यातायात, आन्तरिक उडान र स्कुल तत्काल नखुल्ने - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

मन्त्रिपरिषद्‌को निर्णय: यातायात, आन्तरिक उडान र स्कुल तत्काल नखुल्ने



काठमाडौँ- सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्‍चालन गर्ने अनुमति दिइसकेको छ ।

यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको ती मन्त्रीले जनाए ।

मन्त्रीका अनुसार चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल (उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) र हङकङका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर (गृह मन्त्रालय) नियुक्त भएका छन् ।