मन्त्रिपरिषद् बैठक डाकियो: के छन् एजेण्डा ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

मन्त्रिपरिषद् बैठक डाकियो: के छन् एजेण्डा ?



काठमाडौं- सरकारले मंगलबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लगायतका बिषयमा निर्णय गरिने बताइएको छ ।

स्रोतका अनुसार प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव ल्याउन निर्देशन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

सरकारले आज नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी गरेको हो । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बुधबारदेखि अवकाश पाउन लागेकाले नयाँ महानिरीक्षक नियुक्त गर्न लागिएको हो ।

एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल नेपाल प्रहरीको २८ औं महानिरीक्षकको प्रतिस्पर्धी हुन् ।

एआईजीमध्ये जसलाई पनि नियुक्त गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको तर एजेन्डा प्राप्त भइनसकेको कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले बताइन् ।