मन्त्रिपरिषद् बैठक जारी: नयाँ मन्त्री नियुक्ति गर्ने चर्चा
काठमाडौं- बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवासमा करिब डेढ घण्टादेखि जारी बैठकका एजेण्डाबारे खुलाइएको छैन ।
तर एक मन्त्रीले नियमित एजेन्डा बाहेक पनि छलफल हुनसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीपक्षका एक नेताले प्रधानमन्त्री ओलीले केहि मन्त्रीले बिहिबार सपथ खानसक्ने बताएका थिए । आजको बैठकमा उक्त विषयबारे पनि छलफल हुनसक्ने आंकलन गरिएको छ ।
नेकपाभित्र विवाद चर्किएकै बेला प्रधानमन्त्री ओलीले केहि नयाँ मन्त्री नियुक्ति गर्ने तयारी गरिरहेको हल्ला चलिरहेको छ । यस्तो अवस्थामा बसेको मन्त्रिपरिषद् बैठकले केहि नयाँ निर्णय गर्ने देखिन्छ ।
यसअघि सरकारले कोरोना संक्रमण बढेपछि लकडाउन गर्ने विषयमा तयारी गरिएको हल्ला भए पनि त्यस्तो अवस्था अहिले नरहेको सहभागी एक मन्त्रीले बताएका छन् ।