मन्त्रिपरिषद्को बैठक सकियो: यस्तो भयो छलफल - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

मन्त्रिपरिषद्को बैठक सकियो: यस्तो भयो छलफल



काठमाडौँ- सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । यो सरकार बनेपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा कोरोना महामारी रोकथाम रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएको बताइएको छ । बेठकले बजेट अधिवेशन सिफारिस गर्ने अपेक्षा गरिएको थियो ।

संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भइसके पनि सोमबार यसबारे कुनै निर्णय नभएको एक मन्त्रीले बताए । तर, नयाँ सरकारले विश्वासको मत लिनेबारे छलफल भएको बताइएको छ । सरकार बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सरकारको गतिविधिले यसपटक प्रिबजेट छलफल नहुने निश्चितजस्तै भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘अधिवेशन बोलाउने विषयको कुनै निर्णय भएन। नियमित नितिगत निर्णय मात्रै हो।’

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भने कम्तिमा १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था छ ।