प्रधानमन्त्रीले संसद भवनबाटै बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

प्रधानमन्त्रीले संसद भवनबाटै बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनबाटै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

संसदमा विश्वासको मत लिन लागेका ओलीले मन्त्रिपरिषद बैठक डाकेका हुन् । एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।