मन्त्रीमण्डल विस्तारको तयारी: आजै सपथ हुनसक्ने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मन्त्रीमण्डल विस्तारको तयारी: आजै सपथ हुनसक्ने



काठमाडौं- सत्ता सम्हालेको दुई हप्ता पुगिसक्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारको तयारी थालेका छन् । उनले आज नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी थालेको बताइएको छ ।

एक राज्यमन्त्रीसहित ५ जनामात्र मन्त्रीलाई नियुक्ती दिएका देउवाले आलोचना बढ्दै गएपछि मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् । त्यसको लागि सत्ता गठबन्धनका सबै पक्षसँग छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए।

सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले आज रोकिएको खण्डमा पन अब धेरैदिन पर नसर्ने बताए । आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ भने साझेदार दलहरूले पनि आजै नाम टुंगो लगाउने जनाएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पनि पार्टीभित्रका अन्य समूहसँग मन्त्रीका लागि नाम मागिसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफ्नो समूहबाट ४ जना मन्त्री हुनुपर्ने माग गरेको छ। प्रधानमन्त्री देउवा भने उक्त समूहका तीन जनालाई मन्त्री बनाउन तयार छन्।

माओवादीबाट पनि मन्त्री बन्ने १३ जनाको नाममा छलफल भइरहेको छ । त्यसमा कम्तीमा ६ जनालाई मात्र सरकारमा जाने सुविधान हुनेछ । आज विहानै मात्र प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच यीनै विषयमा छलफल भएको थियो ।

यसैबीच,सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को जसपा कार्यकारिणी समितिको बैठक पनि बस्दै छ ।

मन्त्री टुङ्गो लगाउने जिम्मा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाएको मोहम्मद इस्तियक राईले बताए । गठबन्धनका शीर्ष नेताहरुवीच आजै मन्त्रिपरिषद विस्तारबारे छलफल गर्ने तयारी छ ।