बालुवाटारमा मन्त्रिपरिषदको सुरु: के छन् एजेन्डा ?
काठमाडौं- मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ। सोमबार बस्ने भनिएको बैठक बस्न नभ्याएका कारण आज बैठक बसेको बताइएको छ ।
आज बसेको बैठकको एजेन्डा के हुन् भन्नेबारे केहि नबताइएको एक मन्त्रीले बताए । तर संबैधानिक नियुक्ति र अन्य केहि निर्णय हुनसक्ने बताइएको छ ।
बैठक मुख्य सचिव, राजदूत सिफारिस र नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीको बिषयमा निर्णय गर्नसक्ने बताइएको छ । कोरोना नियन्त्रण र अबको परिस्थितिको बारेमा छलफल हुनसक्ने बताइएको छ ।
आजै मन्त्रिपरिषद बैठक सकिएपछि नेकपा सचिवालय बैठक बस्ने तयारि छ । आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने तय भएपनि अन्तिम अवस्थामा आएर स्थगित भएको थियो।
आइतबार पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। तर आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ।