मन्त्रिपरिषद बैठक बस्दै, एआईजी नियुक्ति लगायत महत्वपूर्ण निर्णय हुँदै - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

मन्त्रिपरिषद बैठक बस्दै, एआईजी नियुक्ति लगायत महत्वपूर्ण निर्णय हुँदै



काठमाडौँ – मन्त्रिपरिषद्‌को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी समेत आजको बैठकबाट बाँडफाँड गरिने एक मन्त्रीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा देउवा शुक्रबार नयाँदिल्ली जाँदै छन् । देउवाले दोस्रो दिन भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ। नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो।

त्यस्तै केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एआईजी नियुक्ति गर्ने सम्भावना समेत रहेको बताइएको छ ।

त्यसका अलावा बाँकी केही स्थानमा नियुक्तिको सम्भावना रहेको स्रोतले जानकारी दियो ।