प्रहरीमा तीनजना एआईजी थप्ने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रहरीमा तीनजना एआईजी थप्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीनजना एआईजी थप्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।