मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो



हेमन्त न्यौपाने /कञ्चनपुर ।
मोटरसाइकल दुर्घटनामा पुनर्वास नगरपालिका वडा नम्बर ६ सिद्धार्थ बोर्डिङ स्कुल नजिक निवासी शिवु पौडेललको मृत्यु भएको छ । नसा लिने आदत परेका शिवुलाई केही महिना अघि बर्दिया स्थित प्रेरणा सुधार केन्द्रमा भर्ना गरिएको थियो ।

असार १२ गते अन्तर्राष्ट्रिय लागूऔसत तथा अवैध तस्करी विरुद्धको दिवस मनाउन सुधार केन्द्रले आयोजना गरेको कार्यक्रमको मौका छोपी भागेका शिबुलाई खोज्न प्रहरीले जिल्ला भरका प्रहरीलाई खबर गरेपछि बर्दिया कै रम्बापुर स्थित प्रहरी चौकीले फेलापारी सुधार केन्द्रलाई खबर गरेको थियो ।

सुधार केन्द्रका दुई जना बुलेट मोटरसाइकलमा शिबुलाई लिन रम्बापुर पुगे। उनीहरूले एक जनाले चलाउने र एक जनाले समाउने गरी शिबुको हात बाँधेर बिचमा हालेर मोटरसाइकलना लैजाँदै गर्दा बाटोमा नै मोटरसाइकलको टायर पड्किएका कारण दुर्घटना हुन गएको मृतकका मामा भीम प्रसाद सापकोटाले बताए ।

दुर्घटनामा अन्य दुई जनाको स्थिति सामान्य रहेको सापकोटाले बताए । शिबुको हात बाँधिएकाले हात टेक्न नपाई टाउको टेकिन जाँदा टाउकोमा धेरै चोट लागेका कारण भारतको रिल्याक्स हस्पिटल पुर्‍याएर १६,१७ टाका लगाएर अप्रेसन गर्दा समेत बचाउन न सकिएको मृतकका मामा सापकोटाले बताए ।

बेहोस अवस्था मै अप्रेसन गरेको अस्पतालले अप्रेसनको ४५ घण्टा पछि मृत घोषणा गरेको थियो । शव शनिवार बेलुका पुनर्वास पुर्याईएको छ । शवको दाहसंस्कार आइतबार गरिने पारिवारिक स्रोतले बतायो ।