ग्रेस इन्टरनेशनलको छैठौं शाखा बुटवलमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ग्रेस इन्टरनेशनलको छैठौं शाखा बुटवलमा



हिमाल पोष्ट / बुटवल , माघ २२ । ग्रेस इन्टरनेशनलको छैटौ शाखा बुटवलमा खुलेको छ ।

इन्नोभेटिभ ग्रुप ले शाखा बिस्तार गरेको हो । इन्नोभेटिभ ग्रुप द्धारा इन्नोभेटिभ टेक्नो कन्सल्टेन्ट प्राली , पावरकोड आई टि सोलुसन, तथा माइलस्टोन टुर्स एण्ड एड्भेन्चर प्रा.लि. संचालन भइरहेको कुरा इन्नोभेटिभ ग्रुप का अध्यक्ष एवं ग्रेस इन्टरनेशनल बुटवल शाखा का प्रबन्ध निर्देशक ई. सुदिप ढकाल ले जानकारी दिनुभयो ।

आई. टी क्षेत्रमा बुटवल लगाएत पश्चिम नेपाल मा छुट्टै पहिचान बनाएको इन्नोभेटिभ टेक्नो कन्सल्टेन्ट प्राली ले सफ्टवयर डेभलपमेन्ट ,वेवसाइट डिजाइन , एन्ड्रोइड एप, सिसिटिभी क्यामेरा जडान सम्बन्धि काम गर्दै आएको छ । शिक्षा क्षेत्रमा पनि बिशेष टेवा पुर्याउनका लागी ग्रेस इन्टरनेशनल को शाखा ल्याएको ढकाल ले बताउनुभयो ।

आइटि क्षेत्र र एजुकेशन क्षेत्रमा संगसंगै काम गर्ने संस्थाका डाइरेक्टर सुदीप ढकालले बताए । कन्सल्टेन्सीको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मुकुन्द मरासिनी,एन्ड्रियु पौडेल र सुदिप ढकाल ले संयुक्त उद्घाटन गरेका थिए । इन्न्भनेटिभ टेक्नो कन्सल्टेन्टले आइटिमा सबै प्रकारका तालिम दिने जनाइएको छ ।

साथै यस् सस्था ले बिभिन्न प्रोफेसनल तालिम हरु सतप्रतिशत जब ग्यरन्टी का साथ् सन्चालन गरिरहेको छ । उद्घाटनका अबसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मुकुन्द मरासिनी,संस्थाका नेपाल डाइरेक्टर एन्ड्रियु पौडेल,प्रकाश राना,सरोज खनाल,इश्वर भट्टराइ,सागर गौतम ,लगायतले बोलेका थिए ।

ग्रेसबाट अध्ध्यनका लागि अष्ट्रेलिया , अमेरिका जापान, न्यु जिलेन्ड ,क्यानाडा लगायतका देशमा जान चाहनेका लागि पनि भिषा प्रोसेसिङ हुनेछ । बिदेश पढ्न जान चाहनेका लागि ग्रेस इन्टरनेशनल सुरक्षित गन्तब्य बन्ने र यसले राम्रो काम गरोस भन्ने शुभकामना कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उद्योग बाणिज्य संघ का अध्यक्ष महेशमान सिंह ले दिनुभयो ।

साथै बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख तथा कार्यक्रम का बिशिष्ट अतिथि डि.एस.पी मुकुन्द मरासिनी ले यस संस्थाले सुचना प्रबिधि तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने बिश्वास लिदै कानुनको दायरा मा बसी बिदेश पढ्न जान चाहने लाई उचित काउन्सिल गर्नका लागि सचेत बनाउदै उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभयो ।