बुटवल अपडेट: प्रहरीको गोली लागेर कम्तिमा पाँच जना घाइते - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

बुटवल अपडेट: प्रहरीको गोली लागेर कम्तिमा पाँच जना घाइते



काठमाडौं- रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा गोली चलेको छ ।

प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन् । केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन् ।

आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झडप भएको हो । औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

औद्योगिक क्षेत्रमा रहेकाहरूले भने प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति आएको र प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।