बुटवल पनि तनावग्रस्त: स्थानीय र प्रहरीबीच झडप, गोली चल्यो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

बुटवल पनि तनावग्रस्त: स्थानीय र प्रहरीबीच झडप, गोली चल्यो



बुटवल- बुटवलको मोतिपुरमा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा स्थानीयले जग्गा कब्जा गर्ने खोजेपछि प्रहरीले गोली चलाएको हो ।

स्थानीय र प्रहरीबीच केहीबेर झडप भएको थियो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । प्रहरीले छालाको गोलीले कति मानिस घाइते भएको भन्ने खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापा घटनास्थलतर्फ पुग्दै गरेको बताएका छन् ।

कति राउण्ड गोली चलाएको, मानिसहरू घाइते भएको, नभएको भन्ने केहीबेरमा खुल्ने बताइएको छ । स्थानीयका अनुसार प्रहरी र स्थानीयबीच ठुलै झडप भएको बताइएको छ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । केही महिना अगाडि औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।