बुटवल ज्ञानपुञ्जका प्रिन्सिपलले गरे छात्रा माथि यौन दुर्व्यवहार - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बुटवल ज्ञानपुञ्जका प्रिन्सिपलले गरे छात्रा माथि यौन दुर्व्यवहार



बुटवल। विद्यालयमा अध्ययनरत् छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल बुधबार पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका–११, नहरपुरको ज्ञानपुञ्ज सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

‘घटनाको वास्तविकताबारे विस्तृत् अनुसन्धान गरेपछिमात्रै थाहा हुन्छ’–उनले भने ।

प्रहरी निरीक्षक थापाले दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

छात्राले आफ्ना आमाबुवासँग दुर्व्यवहारबारे बताएपछि स्थानीय बासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए ।

आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । सो विद्यालय बन्द भएको छ । रासस