बुटवल घटनामा गृह मन्त्रालयको निष्कर्ष: प्रहरीले आत्मसुरक्षाको लागि गोली चलाए - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

बुटवल घटनामा गृह मन्त्रालयको निष्कर्ष: प्रहरीले आत्मसुरक्षाको लागि गोली चलाए



काठमाडौं – केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आत्मसुरक्षाको निम्ति प्रहरीले गोली चलाएको निश्कर्ष निकालेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार बिहान बोलाएको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठक केहीबेर अघि सकिएको छ । आइतबार बुटवलको मोतिपुरमा चार जनाको ज्यान जाने गरी भएको घटनाको समीक्षा गर्न मन्त्री खाँणले सुरक्षा निकायका पदाधिकारीहरुसँग आकस्मिक छलफल गरेका थिए । बैठकमा सुरक्षाकर्मीले संयमता पनाउँदा पनि धर्नाकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर पेट्रोलबम प्रहार गरेको बताइएको छ ।

झडपमा चार जना सर्वसाधारणले ज्यान गुमाएका छन् । सर्वसाधारण,सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ८१ जना घाइते भएको जानकारी दिइएको छ । घाइते चार जना सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सोमबारको घटनामा डेढ दर्जन दर्जनौ स्थानीय र सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । मन्त्रालय स्रोतका अनुसार यसको कारण र आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन मन्त्रालयले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल केन्द्रित भएको हो ।

छलफलमा भएका समिक्षाले सुरक्षाकर्मीले आत्मसुरक्षाको निम्ति प्रहरीले गोली चलाएको निश्कर्ष निकालिएको छ । बुटवलको पछिल्लो अवस्था शान्त रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताएका छन् ।

यस्तो झडपमा परेर ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख राहत तथा क्षतिपूर्ति दिने भएको छ । थप राहत तथा क्षतिपूर्तिबारे गृहमन्त्रालयले भने अझै सल्लाह र निर्णय नगरेको मन्त्रालय स्रोतले बताएको छ ।