बुटवल बहुमुखीमा जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

बुटवल बहुमुखीमा जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न



आभास पौडेल/रुपन्देही
“हामीले दिएको एक थोपा रगतले अरूको जीवन बन्छ भने किन नदिने” मूल उद्देश्य लिएर जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी इकाई समिति बुटवल बहुमुखी क्याम्पस द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा अखिल क्रान्तिकारीका रुपन्देही जिल्ला इन्चार्ज अनुप पोख्रेल क्याम्पस सम्मेलन अयोजक समिति सम्योजक टेराज रेग्मी साथै इकाई समितिका नेता र विद्यार्थीहरूले रक्तदान गरेका थिए।

कार्यक्रममा रक्तदाता धेरै भएता पनि प्राविधिक कारणले (३६) छत्तिस युनिट रगत मात्र सङ्कलन भएको रक्तदान कार्यक्रममा सम्योजक गणेश खनालले जानकारी दिनु भयो।