बुटवल टुडे र बुद्ध टिभी फाईनलमा तेस्रो स्थानका लागि तिनाउ एफएम र सबल नेपाल साप्ताहिक खेल्ने - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

बुटवल टुडे र बुद्ध टिभी फाईनलमा तेस्रो स्थानका लागि तिनाउ एफएम र सबल नेपाल साप्ताहिक खेल्ने



हिमाल पोष्ट / बुटवल, १२ मंसिर । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे राष्ट्रिय दैनिकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३’ को उपाधिका लागि आयोजक बुटवल टुडे दैनिक र बुद्ध टिभी आम्ने साम्ने हुने भएका छन् ।

आईतबार भएको पहिलो सेमीफाईनल खेलमा आयोजक बुटवलटुडे दैनिकले सबल नेपाल राष्ट्रिय साप्ताहिकलाई २–० र बुद्ध सामुदायीक टिभीले तिनाउ एफएफलाई २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन ।

निक्कै प्रतिस्प्रर्धात्मक रहेको प्रतियोगिताको पहिलो खेलमा आयोजक बुटवल टुडेले सबल नेपाललाई २५–२२, २५–१६ तथा बुद्ध टिभीले तिनाउ एफएमलाई २५–१९, २५–१४ को साझो सेटमा पराजित गर्दै फाइनलको लागी स्थान पक्का गरेको हो ।

सोमबार हुने फाईनल खेलका साथै तेस्रो स्थानका लागि तिनाउ एफएम र सबल नेपाल साप्ताहिक समेत आम्ने साम्ने हुने छन् । यसैगरि सोमबार नेपाल पत्रकार महासंघ रुपन्देही र भलिबल खेलका पुर्व खेलाडीहरुका बिचमा मैत्रीपूर्ण खेलसमेत हुने प्रतियोगिताका संयोजक विश्वास ढकालले बताए ।