बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते, एकको अवस्था गम्भिर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते, एकको अवस्था गम्भिर



मंगल बास्कोटे / लम्की,कैैैलाली ।
कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना गम्भिर घाईते भएका छन । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.६ गुलरा बजारमा बसले मोटरसाईकलाई ठक्कर दिएको हो ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ५४४५ नम्बरको बसले सोहि दिशा तर्फ आईरहेको से २ प ७०३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक धनगढीका २८ बर्षिया सहदिप चौधरी र मोटरसाईकलमा सवार २३ बर्षिया शान्ति चौधरी घाईते भएका हुन । घाईते सहदिप चौधरीको अनुहार ,टाउको र भित्री चोट छ भने शान्ति चौधरीको हातमा सामान्य चोट लागेको छ । घाईते दुबै जना मध्य सहदिप चौधरीको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र जोशिले जानकारी दिनु भएको छ ।

घाईते दुवैको लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । बस र चालक ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको छन ।फाइल तस्बिर :