बसको छतबाट खस्दा एक जनाको मृत्यु - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बसको छतबाट खस्दा एक जनाको मृत्यु



महोत्तरी । महोत्तरीमा बसको छतबाट खस्दा एक जनाको मृत्यु  भएको छ ।  ना ४ ख ५६४७ नम्बरको यात्रुवाहक बसका सहचालक  एकडारा गाउपालिका–५ वहेडा वस्ने ४० बर्षिय श्याम मण्डलको बसको छतबाट खसेर मृत्यु भएको हो ।

बर्दिवास जलेश्वर सडक खण्डमा बर्दिवासबाट रामगोपालपुर आउने क्रममा औरही नगरपालिका–८ टिमकियामा गुड्दै गरेको बसको छतबाट लडेर घाइते भएका मण्डललाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लग्ने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बसका चालक रामगोपालपुर नगरपालिका–३ वस्ने विजय कुमार मण्डललाई सवारी ज्यान मुद्दा दर्ता गरि पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।फाइल तस्वीर :