बसको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय युवतीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–९, सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् ।
बिहीबार बिहान बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगलमा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।