संखुवासभामा बस दुर्घटना अपडेट: १० जनाको मृत्यु - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

संखुवासभामा बस दुर्घटना अपडेट: १० जनाको मृत्यु



काठमाडौं । संखुवासभामा बस दुर्घटनामा परेको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहानै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ। मादीबाट झापाको दमक जाँदै गरेको बस बिहान साढे पाँच बजेतिर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए।

बस सडकबाट ३ सयमिटर तल खसेको छ।