बस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु,४३ जना घाइते - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

बस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु,४३ जना घाइते



रौतहट । चन्द्रपुर १ पौराईमा बस र ट्रक ठोकिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन्

पूर्वबाट आउदै गरेको ना ३ ख १६६५ नम्बरको बोलबम यात्री बोकेको बस र पूर्वतर्फ जादैं गरेको ना ५ ख ५८३८ नम्बरको ट्रक ठोक्किएको हो ।

दुर्घटनामा बसका चालक रौतहट चन्द्रपुर ९ सिन्धुरेघारीका सानुकान्छा बिक र बसका यात्रु रौतहट मौलापुर ४ का ४५ वर्षीय पाचु साहको मृत्यु भएको छ । घाइतेको उपचार चन्द्रनिगापुर अस्पतालमा भरहेकोे प्रहरीले जनाएको छ ।