बस र ट्रिपर ठाेक्किएर दुर्घटना, १२ जना घाइते - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

बस र ट्रिपर ठाेक्किएर दुर्घटना, १२ जना घाइते



झापा, झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बिहीबार बिहान सडक दुर्घटना भएकाे छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६४४ नम्बरकाे यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना७ख ७१९६ नम्बरकाे ट्रिपर ठाेक्किएर दुर्घटना भएकाे हाे।

दुर्घटनामा १२ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर छ। घाइतेको उपचार बिएन्डसी र बिर्ता सिटीमा उपचार भइरहेको छ।