बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा दुईजनाको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा दुईजनाको मृत्यु



कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१, वनखेतनजिकै यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय हेमन्त साउद र ठेगाना नखुलेका २६ वर्षीय विक्रम खड्का रहेको प्रहरीले जनाएको छ ।

बिहीबार टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना५ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको से५प ७५३६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली ‘रेफर’ गरिएको थियो । तर, नेपाल–भारत वनबासा पुल नपुग्दै मृत्यु भएको जनाइएको छ ।

ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।फाईल तस्बिर