बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



चितवन । भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।